
काठमाडौँ। यस वर्षको मिस युनिभर्स नेपालको उपाधि २४ वर्षीया अन्सिका शर्माले जितेकी छन्। प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन्। दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन्।
राजधानीको म्यारिअट होटलमा बुधबार साँझ भएको प्रतियोगितामा अष्ट्रेलियामा ६ वर्षसम्म अध्ययन गरेर फर्किएकी अन्सिका शर्माले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन्।
अन्सिका अष्ट्रेलियामा मिस ओसियानमा फर्स्ट रनरअप बनेकी थिइन्।अन्सिकाले मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। मिस युनिभर्स नेपालले उपहारमा नगद १० लाख प्राप्त गरेकी छन् ।
यो वर्ष मिस युनिभर्सको प्रतियोगिता छुट्टै आयोजना गरिएको थियो ।यसअघि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले नै मिस युनिभर्ससँग सहकार्य गर्दै आएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend