शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यस वर्षको एसइई आउँदो जेठमा हुने 

यस वर्षको एसइई आउँदो जेठमा हुने 

काठमाडौं। सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ ।

आगामी जेठ महिनामा एसइई परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको जनाएको छ । कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन । त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो ।

आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना रहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । ‘चैतरवैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘असार र साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिन्छ । त्यही अनुसार हामी तयारी गरिरहेका छौँ ।’

एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि रजिस्ट्रेसन फाराम खुला गरिसकेको छ । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने छ ।

यस वर्ष शैक्षिक सत्र कहिलेबाट शुुरु हुन्छ, अझै स्पस्ट भएको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुुरु भएर चैतमा सकिने व्यवस्था थियो । कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा यस वर्ष शैक्षिक सत्र कहिलेबाट शुरु गर्ने भन्नेमा समेत सरकार अलमलमा छ ।

उपत्यका बाहिरका अधिकांश विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन अघि बढाए पनि राजधानी काठमाडौंका विद्यालय अझै खुलेका छैनन् । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालन गरिरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहहरुले कोरोनाको जोखिम कम भइनसकेको भन्दै हतारमा विद्यालय नखोल्न आग्रह गर्दै आएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend