२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नेकपा एसको केन्द्रीय सदस्यहरुको कार्यविभाजन आईतबार हुने

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ ।

शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारीे बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनकाअनुसार पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजन आईतबारमात्रै हुनेछ ।

आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह आज आफ्ना धारणा राखेको बताए ।

छलफलमा पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको बताए ।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको तेस्रो बैठक हिजोदेखि लगातार सञ्चालन भइरहेको छ । यो बैठकमा विशेषतः थुप्रै साना योजनाहरु छन् । त्यसमध्ये मुख्य एजण्डाहरु हाम्रो पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रित सदस्यहरुको कार्यविभाजन दुई वटा विषय प्रमुख छन् । आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ ।

आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह हुनुहुन्छ ।

पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको छ । छलफल भोलिसम्म चल्नेछ । कार्यविभाजनको काम भोलि हुनेछ ।’

बैठक आईतवारसम्म सञ्चालन हुने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट