२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री कार्की

मंगलवार , पौष २, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने बताएका छन् ।

मंगलबार विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताए ।

उनले भने, ‘अहिले नो नट अगेनका नाममा अनावश्यक रुपमा भ्रम फैलाउने काम भइरहेको छ, यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ ।’ नो नट अगेनहरुले गरेका गतिविधिहरुबाट समाज छर्लङ्गै भएको बताउँदै यस्ता गतिविधिको निगरानी गर्दै पत्रकारहरुले जागरुकता पैदा गर्नु पर्नेमा उनले जोड दिए ।

केही भएकै छैन भाष्य सृजना गरेर अराजकता फैलाउनेहरुका विरुद्ध लाग्नु पर्ने उनले बताए । कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार पत्रकारहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा राससका अध्यक्ष झाले लेखेको मैथिली भाषाको पुस्तक ‘मिथिला मिथक’ पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ