शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एकै दिनमा छ करोड रुपैयाँ कोरोना बीमा भुक्तानी

एकै दिनमा छ करोड रुपैयाँ कोरोना बीमा भुक्तानी

काठमाडौं । कोरोना बीमा पुलले एकै दिन छ करोड रुपैयाँ कोरोना संक्रमण भई बीमा दावी गरेका बीमितलाई भुक्तानी गरेको छ । पछिल्लो समय कोरोना बीमा सम्बन्धी काम गर्दै आएको पुलले दावी भुक्तानीलाई तीव्रता दिँदै आएको हो  ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहिवार एकै दिन छ करोड दुई लाख रुपैयाँ दावी भुक्तानी भएको जानकारी छ  । बुधबारसम्म एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ दावी भक्तानी गरेको पुलले बिहिवारसम्ममा एक अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो  ।

त्यसैगरी, बहिवार एकै  दिन आठ सय भन्दा बढि कोरोना संक्रमित बीमितको फाईल प्रमाणिकरण भएको छ । यससँगै कूल प्रमाणिकरण हुने फाइलको संख्या ३६ हजार ६८३ पुगेको छ । बीमा पुलमा पुगेको फाईलको आधारमा यो तथ्याङ्क प्रकाशित गरिएको छ । इन्स्योरेन्स खवरले गरेको अनौपचारिक तथ्याङ्क संकलनमा कूल कोरोना बीमाको दावी ७० हजार भन्दा बढि छ ।

बीमा पुलले सम्पूर्ण कागजात प्राप्त भएपछि मात्रै फाईल प्रमाणिकरण गरी दावी भुक्तानीको लागि प्रक्रिया अघि बढाउने भएकोले बीमा पुलको तथ्याङ्क र बीमा कम्पनीहरुमा परेको बीमा दावीमा ठूलो फरक रहँदै आएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend