logo

२०८१ पुष ३ बुधबार

logo
  • बुधबार, ३ पुष २०८१
  • पुस १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

    पुस १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

    210
    Shares
    पुस १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

    काठमाडौं । पर्यटकीय नगरी पोखरामा पुस १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्वस गर्दै आएको छ । यो वर्ष पनि विगतमा जस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औं पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिव ३ किलोमटिर क्षेत्रमा महोत्वस आयोजना हुने उल्लेख गरे ।

    उनले ‘सडक मै खाउँ,सडक मै नाचौं, सडकमै रमाउँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले पोखराको कला–संस्कृति प्रवद्र्धन गर्न,स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्वसले महत्वपूर्ण भुुमिका खेल्ने बताए ।

    उनले सडक महोत्वसले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने उल्लेख गरे । उनले महोत्सवमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट लगायत मुख्य आर्कषण रहेको बताए ।

    पाँच दिनसम्म चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ । अंग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरु करिव ४० प्रतिशत बुकिङ हुन थालेका छन् ।

    महोत्सवसमा रेष्टुरेण्ट अगाडि आफ्नै स्टलहरु राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेको छ । नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटलमा ५० हजार बेडहरु उपलब्ध रहेको रेवानले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend