पुस १८ काठमाडाैं । म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित निकालेकाे हाे ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन ४० औँ मिनेटमा एन्थोनी मार्शल र ६१ औ मिनेटमा ब्रुनो फेर्नान्डेसले गोल गरेका हुन् । एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले एक गोल फर्काएका हुन् ।
जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक छ ।