शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

स्वास्थ्य केन्द्र स्थापना

स्वास्थ्य केन्द्र स्थापना

सङ्खुवासभा।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गरेको हो  ।

  
आहाले गाउँका नागरिक यसअघि उपचारका लागि घण्टाँै धाएर चिचिला स्वास्थ्य चौकी वा सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यतालाई चिर्दै अन्ततः गाउँमै स्थास्थ्य संस्था स्थापना भएपछि त्यहाँका स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँचमा पुग्न सफल भएका छन् । यस एकाइबाट सेवा दिनका लागि एक जना अहेबको समेत व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । 

आधारभूत स्वास्थ्य एकाइ कार्यालय उद्घाटनका अवसरमा स्थानीय कुमार गुरुङ, पेमा रिञ्जी शेर्पा र रिञ्जी शेर्पासहित स्थानीय गाउँवासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईले समेत यो स्वास्थ्य कार्यालय स्थापना भएपछि प्राथमिक स्वास्थ्य उपचारका लागि सेवाग्राहीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताए  । कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले सहजीकरण गरेको हो  ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend