शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

न्यूजील्यान्डका जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

न्यूजील्यान्डका जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

क्राइस्टचर्च । पाकिस्तान र न्यूजिल्यान्डबीच न्यूजिल्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ । 

टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजिल्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो । तर पाकिस्तानका लागि अजहर अलिले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए । 

पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए । 

न्यूजिल्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बाउल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए । 

अब दोस्रो दिन सोमबार न्यूजिल्यान्डले ब्याटिङ सुरु गर्नेछ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend