
पुस १९ काठमाडौँ, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले हरेक क्षेत्रमा प्रतिकुल प्रभाव पार्यो ।नेपालपनि महामारीबाट अछुतो रहन सकेन । व्यापार, व्यावसाय, पर्यटनसँगै रंगमन्चमा पनि कोरोनाभाइरले ठूलो क्षति पुर्यायो ।सन् २०२० रंगमन्चका लागि एकदमै खराब सावित भयो । मान्छे–मान्छेबीच दूरी कामय गर्नु पर्नेअवस्थाका कारण भीडभाड हुने सबै क्रियाकलाप विश्वभरि नै बन्द थियो । यस्तो बेलामा रंगमन्च पनिस्वभाविक रुपमा बन्द हुने नै भयो ।
विभिन्न राजनीतिक, सामाजिक र प्राकृतिक संक्रमणपछि तंग्रिन खोजिरहेको नेपाली चलचित्र तथारंगमन्च कोरोनाका कारण एक वर्ष सिथिल नै भयो ।कोरोना संक्रमण घट्दै गएका कारण २०२० को अन्त्यतिर भने रंगमन्च पुनः सल्वलाउने तयारीमा जुट्यो ।सिल्पी थिएटरका संचालक, निर्देशक तथा कलाकार घिमिरे युवराज कोरोना महामारीले रंगमन्चलाई पनिथला पारेको बताउँछन् । रंगमन्चले हरेक दृष्टिकोणबाट यो अवधिमा घाटा व्यहोरेको उनले बताए ।‘करिब एक वर्ष रंगमन्चकाक लागि अध्यारो रह्यो,’ घिमिरेले भने, ‘अध्यारो र तनावयुक्त समय कटेकोहो कि भन्ने लागेको छ ।
अब हामी पुनः पुरानै अवस्थामा फर्कने आशामा तयारीमा जुटेका छौं ।’घिमिरे छिटै नै नाटक लिएर थिएटरमा उपस्थित हुने तयारीमा छन् । हेर्नुस् शिल्पीमा प्रदर्शन भइरहेको
नाटकको रिहर्सलको दृश्य र रङ्गकर्मी घिमिरे युवराजसँगको कुराकानी भिडियोमा :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend