शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

युभेन्टसकाे जितमा राेनाल्डाेकाे दुई गाेल 

युभेन्टसकाे जितमा राेनाल्डाेकाे दुई गाेल 

इटालियन सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टसलाई जिताउन क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले युडिनेसलाई ४–१ ले पराजित गरेको हो ।

युभेन्टसका लागि रोनाल्डोले ३१ र ७० औँ मिनेटमा गोल गरे । रोनाल्डोले यो सिजन सिरी ए मा अहिलेसम्म ११ खेलमा १४ गोल गरिसकेका छन् ।

युभेन्टसका लागि ४९ औँ मिनेटमा चिएसा र ९३ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । युडिनेसका लागि ९० औँ मिनेटमा जीगेलारले एक गोल फर्काएका थिए ।

१४ खेलबाट २७ अंक जोडेको युभेन्टस अंक तालिकाकाे पाँचौँ स्थानमा पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend