logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • रास्वपाका सांसदहरूद्वारा रविलाई निलम्बन नगर्न सभामुखको ध्यानाकर्षण

    रास्वपाका सांसदहरूद्वारा रविलाई निलम्बन नगर्न सभामुखको ध्यानाकर्षण

    1.1K
    Shares
    रास्वपाका सांसदहरूद्वारा रविलाई निलम्बन नगर्न सभामुखको ध्यानाकर्षण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

    रास्वपा सांसदहरुले सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् । सभामुख घिमिरेले भने यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।

    रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।

    आइतबार सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर रविविरुद्ध मुद्दा दायर भएको छ ।

    मुद्दा दायर भएपछि कास्की प्रहरीले संसद् सचिवालयलाई यससम्बन्धी जानकारी गराइसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend