शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सालको काठसहित दुई अवैध पक्राउ

सालको काठसहित दुई अवैध पक्राउ

दाङ । दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान (३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिए । 

काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend