शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शिक्षक एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन नपाउने 

शिक्षक एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन नपाउने 

काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।

केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो ।  कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको जानकारी दिएका छन् ।

दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले बताए ।
 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend