पुस २२ काठमाडौं, त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन गर्ने भएको छ।
विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै पाँच वर्षे वि.एलएलबी, पाँचौ वर्षका पूरा तथा आंशिक परीक्षार्थीहरूको परीक्षा २०७७ माघ १८ गतेदेखी सञ्चाल हुने जानकारी गराइन्छ,’ सूचनामा लेखिएको छ।