logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अलगिंदै किम र कान्ये वेस्ट

    अलगिंदै किम र कान्ये वेस्ट

    2.6K
    Shares

    चर्चित हलिउड  स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् ।

    ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउन लागेका हुन् तर  हालसम्म  किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन् । केही समयदेखि भने उनीहरु अलग बस्दै आएको मिडियाले जनाएको छ ।

    उनीहरुले बच्चाका लागि एकसाथ रहेको देखाएतापनि अलग भएको समाचारमा जनाइएको छ । किमले वैवाहिक जीवन टुटिसकेको थाहा पाएकी छिन्, तर उनले बच्चाहरुका कारण डिभोर्स फाइल दर्ता गरिसकेकी छैनन् ।

    बच्चाहरुका लागि सही निर्णय लिन आवश्यक रहेकाले पनि किमले डिभोर्सको फाइल दर्ता नगरेको मिडियामा उल्लेख छ । ई न्यूजका अनुसार, किम कान्येसँगको सम्बन्धलाई विश्राम लगाउने तयारीमा छिन् । तर, बच्चाहरुका लागि उनले कठोर निर्णय लिनुपर्नेछ । यसका लागि उनी सही तरिका खोजिरहेकी छिन् ।

    यस्तै, कान्येले पनि केही समयदेखि किमसँगको सम्बन्धलाई विश्राम लगाउने बिषयमा छलफल गरिरहेका छन् । उनले १४ मिलियन डलरमा किनेको आफ्नो फार्म हाउसमा एक्लै लामो समय बिताएका थिए । करिब ६ महिना अघिदेखि कान्ये र किमविच खटपट सुरु भएको हो । किमका पछिल्ला होलिडे मनाउँदै गरेका तस्वीरमा कान्ये देखिएका छैनन् । उनीहरुको चार सन्तान छन् ।

    किमले गतबर्षको जुलाई महिनामा कान्येको मानसिक स्वास्थ्य अवस्थाको बारेमा बताएकी थिइन् र यसलाई ‘जटिल र दर्दनाक’ समेत भनेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend