बलिउड अभिनेत्री अनुष्का शर्मा यहि महिना आमा बन्दै छिन्। उनि आफ्नो समय श्रीमान् विराट कोहली र परिवार सँग बिताई रहेकी छिन्। श्रीमान् विराट कोहलीसँग आफ्नो घरको बालकोनीमा नीजि समय बिताई रहेको पललाई फोटोग्राफरले आफ्नो क्यामरामा कैद गरे जुन प्रकाशित पनि गरियो ।
तर आफ्नो यस्तो तस्बिर सार्वजनिक भएकोमा अनुष्काले रिस पोखेकी छिन् । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखिन्, ‘फोटोग्राफर र पब्लिकेसनलाई थुप्रै पटक यसो नगर्न भन्दा पनि उनीहरु हाम्रो गोपनियतामा दखल दिइरहेका छन् । अहिले नै बन्द गर यी सब ।’
उनले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफूहरुले आफ्नो बच्चालाई सोसल मिडियामा ल्याउन नचाहेको जानकारी समेत दिएकी थिइन् ।