logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दीपिका र करिनाका डिजाइनर स्वप्निल शिंदेले गरे लिङ्ग परिवर्तन, भने : ‘अब म सायशा हुँ’

    दीपिका र करिनाका डिजाइनर स्वप्निल शिंदेले गरे लिङ्ग परिवर्तन, भने : ‘अब म सायशा हुँ’

    3.4K
    Shares

    बलिउडका चर्चित फेसन डिजाइनर स्वप्निल शिंदेले एक भावुक पोस्टमार्फत् आफ्नो लिंग परिवर्तन गरेको जानकारी दिएका छन् । उनले आफूलाई एक ट्रान्सवुमनको रुपमा परिचित गराउँदै अब आफ्नो नाम सायशा शिंदे भएको जानकारी दिएकी छिन् । 

    उनले बलिउड स्टार  सनी लियोनी , श्रद्धा कपुर, करिना कपुर खान, दीपिका पादुकोण, हिना खान,  र अनुष्का हर्मासमेत थुप्रै बलिउड सेलिब्रिटीका लागि कपडा डिजाइन गर्छन् । उनले लेखछिन्, ‘सायशाको अर्थ हुन्छ सार्थक जीवन र म आफ्नो जीवनलाई विशेष तरिकाले सार्थक बनाउने योजनामा छु ।’

     

    सायशाले  ट्रान्सवुमन बनेपछि आफ्नो एक  फोटो  समेत सेयर गरेकी छिन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा सायशा भन्छिन्, ‘जुन प्रेम मैले परिवार र साथीभाइबाट पाएँ, त्यसका लागि म आभारी छु । म चकित र स्तब्ध छु । मलाई लागेको थियो कि म जब यसरी बाहिर आउँछु तब मलाई सोसल मिडियामा अत्यधिक ट्रोल गरिनेछ तर अहिलेसम्म एउटा पनि नकारात्मक कमेन्ट आएको छैन । मैले थुप्रै सकारात्मक कमेन्ट पाएकी छु, एलजीबीटीब्यू समुदायबाट मात्रै नभई महिलाबाट पनि । उनीहरुले मलाई आफूलाई स्विकार गर्न प्रेरित गरिरहेको बताएका छन् । 

    उनले आफ्ना पितालाई अत्यधिक आभार प्रकट गरेका छन् । आफ्ना पिताबारे उनी भन्छन्, ‘मैले आफूलाई ६ वर्ष अघि नै स्विकार गरिसकेकी थिए ।  मेरो हरेक निर्णयमा उहाँको साथ छ । मेरा पिता मसँग सधैं रहनुभयो । उहाँले मलाई उत्कृष्ट सर्जनबारे पनि जानकारी दिए ।  योभन्दा ठूलो कुरा मेरो लागि के हुन सक्ला ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend