शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जापानमा आपतकाल, राेजगारमा संकट आउने अनुमान 

जापानमा आपतकाल, राेजगारमा संकट आउने अनुमान 

काठमाडाैं । जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ ।

कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापानी प्रधानमन्त्री यासिहिदे सुगाले राजधानी टोकियोसहित आसपासका केही शहरमा आपतकाल घोषणा गरेको हुन् । यो आपतकाल एक महिनासम्म जारी रहने छ ।

प्रधानमन्त्री सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएका छन् । आपतकाल समयमा मानवीय आवागमनमा कडाइ गरिने भएको छ ।

प्रधानमन्त्री सुगाले आफ्ना कर्मचारीका लागि घरबाट काम गर्ने व्यवस्था मिलाउन तथा ७० प्रतिशतले कामदार कटौती गर्न रोजगारदाताहरुका लागि निर्देशन दिएका छन् । यो निर्देशनपछि जापानमा रहेका नेपालीले पनि उच्च संख्यामा रोजगार गुमाउने अनुमान गरिएको छ ।

रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । विद्यालय भने खुला नै हुने बताइएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend