शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । उनले फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर होस्टेलको चार तलाबाट हाम फालेका थिए । उनकाे घटनास्थलमा नै मृत्यु भएको हो ।

एउटै होस्टेलकाे कोठामा बसेका साथी भान्सा कोठामा गएको मौका छोपी कुँवर हामफालेको पोर्चुगाली प्रहरीले बताएको छ । कुँवर शुक्रबार नेपाल जाने तयारीमासमेत थिए ।

यस्तै, सोलुखुम्बू घर भइ विगत एक वर्षदेखि पोर्चुगल बस्ने तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते हुनुभएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend