logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  •  फिल्म रिलिजको प्रतिक्षामा : सलमान खान, रणवीर सिंह देखि रिया चक्रवर्तीसम्म 

     फिल्म रिलिजको प्रतिक्षामा : सलमान खान, रणवीर सिंह देखि रिया चक्रवर्तीसम्म 

    2.9K
    Shares

    सिनेमा हलमा गएर फिल्म हेर्दा मज्जा लिनेहरुका लागि  सन् २०२० निकै कालो  बन्यो  । 

    सन् २०२० मा रिलिज हुन नसकेका फिल्म यसवर्ष  २०२१ मा  रिलिज हुने तयारी मा छ  । 

     यसवर्ष  थुप्रै ठूला कलाकारले  फिल्म रिलिज गर्दैछन्  । जसमा सलमान खान अक्षय कुमार देखि कपुरसम्मको  समावेश देख्न सकिनेछ  । 

    सलमान खानका तीन फिल्मः

    हरेक वर्ष सलमान खानका एक वा दुई फिल्म रिलिज हुँदै आएको छ । सन् २०२१ मा भने सलमान तीन फिल्मसहित आउँदैछन् । सलमान खान आफ्नो फिल्म राधेलाई सन् २०२० मा ईदमा रिलिज गर्न चाहन्थे तर यस्तो हुन सकेन । त्यसैले अब यो फिल्म सन् २०२१ को ईदमा रिलिज गरिने योजना छ । राधेबाहेक अन्तिम र कभी ईद, कभी दिवाली पनि यसै वर्ष रिलिज हुनेछन् । 

    सलमान खानसँग यो फिल्म रणदीप हुड्डा र दिशा पटानी पनि देखिनेछन् । यो फिल्मको निर्देशन महेश मांजरेकरले गरेका छन् । सलमान खानको तेस्रो फिल्म कभी ईद, कभी दिवालीको निर्देशन साजिद सामजीले गरिरहेका छन् । 

    SALU.JPG

    अक्षय कुमारको ६ फिल्म तयार छन् :

    सन् २०२० मा अक्षय कुमारको जादु चल्न सकेन र उनको फिल्म लक्ष्मीको निकै आलोचना भयो । 

    सन् २०२१ मा अक्षय कुमारका ६ वटा फिल्म रिलिज हुँदैछ । उनको पहिलो फिल्म हुनेछ ‘सूर्यवंशी’ जुन सन् २०२० मा रिलिज हुनुपर्ने थियो । त्यसपछि रक्षाबन्धन, बेटबटम, पृथ्वीराज, अतरंगी रे र बच्चन पांडेय रिलिज हुनेछन् । 

    अतरंगी रे र रक्षाबन्धनको निर्देशन आनन्द एल रायले गरिरहेका छन् । 

    AKSHYA.JPG

    रणवीर सिंह को  ३  फिल्म:

    अभिनेता रणवीर सिंह को यस वर्ष तीनवटा फिल्म रिलिज हुँदैछन् ।

    पहिलो फिल्म ८३ । यो फिल्म सन् १९८३ मा क्रिकेट वर्ल्ड कपमा भारतको जीतमा आधारित छ  

    रणवीर सिंहले तत्कालीन कप्तान कपिल देवको भूमिका निभाइरहेका छन् । रणवीर सिंहबाहेक यसमा दीपिका पादुकोण, पंकज त्रिपाठी, ताहिर राज भसिन मुख्य भूमिकामा छन् । यसको निर्देशन कबिर खानले गरिरहेका छन् ।

    अभिनेता रणवीर सिंहका अन्य दुई फिल्म पनि यस वर्ष रिलिज हुँदैछ – जयेशभाइ जोरदार र सर्कस । 

    फिल्म सर्कसको निर्देशन रोहित शेट्टीले गरेका छन् । फिल्म जयेशभाइ जोरदारको निर्माण यशराज फिल्म्समार्फत् भइरहेको छ । 

    यो फिल्म सन् २०२० मा नै रिलिज हुनुपर्ने थियो तर यसो हुन सकेन । 

    आमिर खानका  २ फिल्म :

    अभिनेता आमिर खान दुई वर्षमा एउटा फिल्म गर्छन् र यस वर्ष पनि उनको एउटै मात्रै फिल्म रिलिज हुदैछन्  । आमिर खान यस वर्ष लाल सिंह चड्डाको भूमिकामा देखिनेछन् । उनीसँग करिना कपुर, विजय सेठी र मोना सिंहको मुख्य भूमिका हुनेछ । यो फिल्मको निर्देशन अद्वैत चन्दनले गरिरहेका छन् जसले यसअघि सिक्रेट सुपरस्टार बनाएका थिए । 

    AMIR.JPG

    बन्टी और बबली–२ :

    अभिनेता सैफ अली खानको पनि यस वर्ष दुई ठूला फिल्म रिलिज हुनेछ । पहिलो बन्टी और बबली टु र भूत पुलिस । फिल्म बन्टी और बबली–टु सन् २००५ मा रिलिज भएको सुपरहिट फिल्म बन्टी और बबलीको सिक्वल हो । सैफ अली खानबाहेक रानी मुखर्जी, सिद्धार्थ चतुर्वेदी र नयाँ अनुहार कमर शरवारी पनि देखिनेछन् । वरुण वी शर्माले फिल्मको निर्देशनमा डेब्यू गरेका छन् ।

     

    अजय देवगनका तीन फिल्म :

    अजय देवगन पनि तीन ठूला फिल्मसहित यो वर्ष पर्दामा देखिनेछन् । पहिलो फिल्म भुज–द प्राइड अफ इन्डिया ।

    यो फिल्म ओटीटीमा रिलिज हुनेछ । अजय देवगनको दोस्रो फिल्म मैदान हलमा रिलिज हुनेछ । यो फिल्मको निर्देशन अनिल शर्माले गरेका हुन् । यो फिल्म इन्डियन नेशनल फुटबल टीमका कोच र म्यानेजर सईद अब्दुल रहिमको बायोपिक हो । तेस्रो फिल्म आर आर आर, यसको निर्देशन एसएस राजामौलीले गरेका हुन् र यो फिल्ममा अजय देवगन भारतीय स्वतन्त्रता सेनानीको भूमिकामा देखिनेछन् । 

    आलिया र रणबीरको जोडी पहिलो पटक पर्दामा देखिनेछ यस बर्ष :

    रणबीरको यसवर्ष तीनवटा फिल्म रिलिज हुँदैछ । पहिलो फिल्म ब्रह्मास्त्र हो । त्यसपछि यशराज ब्यानरको शमशेरा । 

    त्यसपछि रिलिज हुनेछ लभ रञ्जनको निर्देशनमा बनिरहेको फिल्म । यसमा रणबीर कपुर र अभिनेत्री श्रद्धा कपुर देखिनेछन् । यो एउटा रोमान्टिक कमेडी फिल्म हुनेछ । फिल्मको नाम अहिले नै सार्वजनिक भइसकेको छैन । 

    फिल्म ब्रह्मास्त्र धर्मा प्रोडक्सनको फिल्म हो र यसको निर्देशन अयान मुखर्जीले गरेका छन् । यो रणबीर र आलिया भट्ट सँगै देखिएको पहिलो फिल्म हो । 

     

    एसएस राजामौलीसँग देखिनेछिन् आलिया :

     

    आलियाको पनि यसवर्ष तीन ठूला फिल्म रिलिज हुँदैछ । जसमध्ये एक् ब्रह्मास्त्र, दोस्रो संजय लीला भंसालीको गंगूबाई काठियावाडी र तेस्रो आर आर आर । आर आर आर फिल्मको निर्देशन एसएस राजामौलीले गरेका छन् । 

     

    केजीएफ च्याप्टर टु र तुफान पनि रिलिज हुँदैः

     

    केजीएफ च्याप्टर टु, बाहुबली टु पछि सबैभन्दा अत्यधिक प्रतिक्षा गरिएको प्यान इन्डिया फिल्ममध्ये एक हो । फिल्मको च्याप्टर १ अत्यधिक हिट भएको थियो त्यसैले पनि यसबाट अत्यधिक आशा गरिएको छ । 

    च्याप्टर टुमा संजय दत्तको महत्वपूर्ण भूमिका छ । यस्तै अभिनेता तथा निर्देशक फरहान अख्तरको फिल्म तुफान पनि यसै वर्ष रिलिज हुनेछ । 

    यो फिल्ममा फरहान एक बक्सरको भूमिका निभाउनेछन् । फिल्मको निर्देशन राकेश ओम प्रकाशले गरेका हुन् । 

     

    कट्रिना, दीपिका, तापसी र कंगनाका फिल्म रिलिज हुनेछन्ः

     

    अभिनेत्री कट्रिना कैफ आफ्नो नयाँ फिल्म फोन भूतमा देखिनेछिन्  र अभिनेत्री दीपिका पादुकोण शकुन बत्राको फिल्ममा देखिनेछिन् । यो फिल्मको पनि नाम सार्वजनिक भएको छैन । 

    यी दुई अभिनेत्रीको फिल्म सन् २०२१ मा रिलिज हुनेछ र दुबै फिल्मका हिरो हुनेछन् सिद्धान्त चतुर्वेदी । कट्रिना, दीपिकापछि कंगना रनौत पनि आफ्नो फिल्म तेजसमा देखिनेछिन् । यो फिल्ममा कंगनाले लडाकू विमान उडाइरहेको देखिनेछिन् । अभिनेत्री तापसी पन्नूको फिल्म रश्मी रकेट पनि यसैवर्ष रिलिज हुनेछ । 

     

    अमिताभ बच्चनसँग देखिनेछिन् रिया चक्रतर्वीः

     

    अभिनेता विक्की कौशलको बहुचर्चित फिल्म सरदार उधम पनि यसै वर्ष रिलिज हुनेछ । यसको निर्देशन निर्देशक सुजित सरकारले गरेका हुन् । यस वर्ष अभिनेता अमिताभ बच्चनको फिल्म चेहरे पनि रिलिज हुँदैछ । 

    यो फिल्म सन् २०२० मा रिलिज हुनुपर्ने थियो तर कोरोना र अभिनेत्री रिया चक्रवर्तीको विवादका कारण रिलिज हुन सकेन तर अब सन् २०२१ मा रिलिज गरिने निर्णय लिइएको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend