logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    नागरिक उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब, ४४ लाख यात्रुले गरे हवाई यात्रा

    नागरिक उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब, ४४ लाख यात्रुले गरे हवाई यात्रा

    343
    Shares
    नागरिक उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब, ४४ लाख यात्रुले गरे हवाई यात्रा

    काठमाडौं । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् ।

    मंगलबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्यांक प्रस्तुत गरेका हुन् ।

    प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए ।

    सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए ।

    उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो संख्या करिव १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।

    नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालवाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए ।

    जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए । हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको उनले बताए ।

    उनले भने, ‘सन् २०२३ को नोभेम्बर सम्ममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेकोमा सन् २०२४ को नोभेम्बरसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको छ ।

    जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२४ को नोभेम्बरसम्म सो संख्या ८७ लाख ६० हजार ३०२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु संख्यामा करिव १३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

    नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भए पश्चात यो संख्या २८ भएको छ । जसबाट नेपालवाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ भने आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको छ ।

    जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १,१२० उडान सञ्चालन भएको छ ।’

    महानिर्देशक अधिकारीले गत आ.व. २०८०–८१ मा प्राधिकरणले १४ अर्व ७१ करोड ३८ लाख आम्दानी गरेको बताए । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ ।

    गत वर्ष पुँजिगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए । उनकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।

    प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताए ।

    उनले भने, ‘गत आ.व. २०८०–८१ को प्रोभिस्नियल फाइनान्स स्टेटमेण्टअनुसार प्राधिकरणको आय एरोनटिकलतर्फ रु. ११ अर्ब ५१ करोड ८९ लाख तथा ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख गरी जम्मा रु. १४ अर्व ७१ करोड ३८ लाख आम्दानी भएको छ ।

    गत वर्ष पुँजिगततर्फ नेपाल सरकारको सहित रु. १० अर्ब ५२ करोड ७० लाख लगानी भएको छ भने कार्य सञ्चालन खर्चतर्फ रु. ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च रु. ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च रु. १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च रु.१ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा रु.११ अर्ब ३३ करोड ६१ लाख खर्च भएको छ । यसले गर्दा प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा रु.३ अर्ब ३७ करोड ७८ लाख रहेको देखिन्छ ।’

    महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सिमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिइ क्षमता बिस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिव १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान विसान क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend