
चर्चित बेलायती गायक ह्यारी स्टाइल को प्रेम चर्चा प्राय चलीरहन्छ । ‘वान डिरेक्सन ब्यान्ड’का पूर्वसदस्य रहेका उनको अमेरिकी फिल्म निर्देशक ओलिभिया वाइल्डसँग डेट गरिरहेको हल्ला अहिले चर्चाको बिषय बनेको छ ।
फिल्म निर्देशक ओलिभिया वाइल्डसँग बढ्दै गएको निकटता देखेर ह्यारी स्टाइल प्रेममा परेको हुन सक्ने पिंकभिल्लाले लेखेको छ।
‘डन्ट वरी डार्लिङ’ फिल्मकी निर्देशक तथा अभिनेत्री ओलिभिया वाइल्ड फिल्मको सुटिङका क्रममा ह्यारीसँग नजिक भएको बताइएको छ। फिल्ममा ह्यारी स्टाइलले अभिनेताको रुपमा काम गरेका थिए। फिल्म छायांकनका बेला ह्यारी र ओलिभिया एक अर्काको साथमा निकै रमाएका थिए।
यी दुईले आफ्नो सम्बन्धबारे कुनै खुलासा गरेका छैनन् तर नजिकका साथीभाइ र प्रशंसकले उनीहरुले डेट गरिरहेको अनुमान लगाईरहेको छ ।
हालै आफ्नो म्यानेजरको विवाह पार्टीमा ह्यारी स्टाइल र ओलिभिया वाइल्ड एकअर्काको हात समातेर हिँडेको फोटो सार्वजनिक भएको छ। यसपछि उनीहरुबीच प्रेम सम्बन्ध भएको र डेट गरिररहेकाे हल्ला झनै बढेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend