
काठमाडौं । नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । जसको जानकारी अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालबाट गराएकी छन् । विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, कर्मा शाक्य, मेनुका प्रदान, लक्ष्मी बर्देवालगायत रंगमञ्चबाट फिल्ममा प्रवेश गरेका कलाकार थुप्रै छन्।
थिएटर भिलेजका विमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल चलिरहेको छ । चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय बताइएको छ ।
पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन् । आफ्नो मनपर्ने उपन्यास माथि बन्न लागेको नाटकमा अभिनय गर्ने अवसर पाएकोमा उनले खुसी छिन् । नाटक सकिएपछि उनी दीपेन्द्र के.खनालको फिल्म ‘चिसो मान्छे’को छायाँकनमा व्यस्त रहनेछिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend