logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • संगीतमा रमाउँदै सुमन

    संगीतमा रमाउँदै सुमन

    2.9K
    Shares

    सानै उमेर देखि गीत–संगीत भने पछि हुरुक्कै हुने सुमन सेन्चुरी स्कुलमा हुने हरेक सांगितिक कार्यक्रममा नछुटाई सहभागिता जनाउँथे।
    स्कुल पढ्दाताका सुरिलो स्वरमा गीत गाउने भएकाले साथीहरुको समूहमा तारीफको पात्र बन्थे, जुन सुमनका लागी संगीत क्षेत्रमा लाग्ने हौसला को मुख्य स्रोत बन्यो।

    s 1.jpg

     

    पढाइ सँगै संगीतमा पनि लगाव राख्ने उनि  गायन क्षेत्रमा अघि बढ्ने सपना पुरा गर्ने उदेश्यले उदयपुर  बाट २०७५ सालमा काठमाडौ हानिए।तर पढाई र जागीर सँगै संगीतको क्षेत्रमा करीयर बनाउन त्यति सहज भने थिएन।काम गर्दै संगीतमा अघि बढ्न कठिन भएपछि सुमनले जागीर चटक्क छाडे।उनी काम छाडेर संगीत क्षेत्रमा अघि बढ्ने आफ्नो सपना साकार पार्न केन्द्रित भए।

    s2.jpg

    काठमाडौँ आइसके पछि गायन प्रतिको हुटहुटि झन बढन्थालेको सुमन बताउँछन्।त्यहि हुटहुटिले उनी संगीत सिक्न थाले।बिस्तारै उनको गाएकी मा निखार थपियो।उनले पहिलो पटक रुमिज बिस्त्रोमा गाउने अवसर पाए।गायनको पहिलो अनुभव बारे उनी भन्छन्, ‘खुलाहलमा दर्शक सामु खुलेर गीत गाउँदा निकै रमाइलो लाग्यो।संगीतको नशामा म हराउन चाहन्थें, त्यो केही हदसम्म पुरा भएझैं लाग्यो। अहिले उनि राजधानी बाहिर पनि विभिन्न सहरहरुमा गाउनको लागि पुगने गरछन् । 

    s3.jpg

    उनको संगीत तर्फको परिचय कभर आर्टिस्टको रुपमा मात्र सिमित छैन्।बाल्यकालदेखि संगीत सँग नजिक रहेका सुमनले आफ्नै शब्दमा गीत रेकर्ड गराइसकेका छन्।जसलाई दर्शकले राम्रैसँग रुचाएका छन्।उनले कभर गरेको गीतले पनि राम्रो रेस्पोेन्स पाएकोछ।ती गीत लाखौँ दर्शकले हेरिसकेका छन्।उनलाई संगीतको यस्तो नशाबसिसकेकोछ कि संगीत विनाको जीवन उनी कल्पना पनि गर्न सक्दैनन्।भन्छन् , ‘तर, यो मेरो नशा राम्रो हो,’ उनले भने, ‘यसले मलाई  र दर्शक स्रोतालाई मनोरञ्जन प्रदान गर्छ।’

    s4.jpg

    विगतमा जस्तो गीत संगीतको क्षेत्रमा रुचि राख्नेलाई अहिले कमाउने अवसर पनि भएको उनी बताउँछन्।राम्रो गर्न सक्नेलाई आर्थिक रुपमा सबल बनाउन गीतसंगीतले मद्दत गर्ने उनले बताए।  ‘गीतसंगीतमा पहिला आम्दानी नहुने भएकाले अभिभावकले रोक्न खोज्थे,’ उनले भने, ‘तर, अहिले अवस्था फेरिएकोछ।आफूले रोजेको क्षेत्रमा काम गर्नु मेरो उद्देश्य हो, म यसैमा रमाइरहेको छु र परिवारको साथ पनि पाएको छु।’ 

    S5.jpg

    ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविताको यो पंक्ति जस्तै सुमनको एक मात्र उद्देश्य आफूलाई सफल आर्टिस्टको रुपमा उभ्याउनु हो। सानै उमेरमा उनको यो सफलताका लागि उनको लगाव,  मेहनत र संघर्ष को योगदान छ।
    जसरी एउटा संगीतमा विभिन्न रसहरु मिसिएको हुन्छ त्यसैगरि उनको मन मस्तिष्कमा पनि गीत संगीत प्रतिको रसले डेरा जमाएको उनी बताउछँन्।यतिखेर उनी सफल गायक बन्ने आफ्नो सपना पूरा गर्न अझै मेहनत र लगनशीलताका साथ संघर्ष गरिरहेका छन् ।संगीतसँगै किताब पनि पढ्न रुचाउने उनी केही गीतहरु किताब बाट प्रेरित भएर लेख्ने गर्छन्।सोनुप पौडयाललाई आफनो आईडल मान्ने उनको अबको लक्ष्य गीतसंगीतमै राम्रो गर्ने रहेकोछ।

    S6.jpg

    हेर्नुस्,  सुन्नुहो स्सुनौलो नेपालको स्टुडियोमा सुमनले गाएको एउटा गीत 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend