logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    चितवन मेडिकल कलेजको साढे ८ अर्ब लगानीमा तिनकुनेमा काठमाडौं इन्टरनेसनल हस्पिटल बन्दै

    चितवन मेडिकल कलेजको साढे ८ अर्ब लगानीमा तिनकुनेमा काठमाडौं इन्टरनेसनल हस्पिटल बन्दै

    12.2K
    Shares
    चितवन मेडिकल कलेजको साढे ८ अर्ब लगानीमा तिनकुनेमा काठमाडौं इन्टरनेसनल हस्पिटल बन्दै

    काठमाडौं । चितवन मेडिकल कलेजले साढे ८ अर्ब रुपैयाँ लगानीमा राजधानीको तिनकुनेमा सुविधा सम्पन्न काठमाडौं इन्टरनेसनल हस्पिटल निर्माण गरिरहेको छ । प्रस्तावित हस्पिटल ३ सय बेडको हुने काठमाडौं इन्टरनेसनलले जनाएको छ । हस्पिटल आगामी कात्तिकसम्म (मिड अक्टुबर) सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माणधीन अस्पताल १२ तलाको हुनेछ ।

    सन् २०२२ को फेब्रुअरीबाट हस्पिटलको निर्माण सुरु भएको हो । यसअघि गत असार (२०२४ को जुलाई) मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विभिन्न कारणहरुले गर्दा निर्माणमा ढिलाइ भएको काठमाडौं इन्टरनेसनलले जनाएको छ ।

    हस्पिटलको समय लम्बिएपछि लागत पनि थपिएको छ । यसअघि ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा १३ प्रतिशत बढेको छ । लागत थपिएर ८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको काठमाडौं इन्टरनेसनलले जनाएको छ । परियोजनाको स्कोप परिवर्तन, थप जग्गा खरिद र उपकरण किन्नु परेपछि लागत बढेको हस्पिटलले जनाएको छ ।

    यसअघि २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरि लगानी संरचना बनाइएको थियो । अहिले परिमार्जन भई ७१ प्रतिशत बैंकको ऋण र बाँकी २९ प्रतिशत स्वपुँजी लगानी हुने भएको छ । जसअनुसार ६ अर्ब २ करोड ४० लाख रुपैयाँ बैंकको ऋण र २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ स्वपुँजी लगानी हुने भएको छ ।

    प्रस्तावित अस्पतामा पहिलो वर्ष १०० र दोस्रो वर्ष २०० वेड थपेर तेस्रो वर्षदेखि ३०० बेडनै सञ्चालनमा आउने भएको छ ।

    यसअघिको ऋणका लागि वित्तीय व्यवस्थापन भइसकेको छ । बढेको लगानी बैंकबाट लिन प्रक्रिया अघि बढेको हस्पिटलले जनाएको छ । संस्थापकहरुले स्वपुँजीको ५९ प्रतिशत लगानी गरिसकेका छन् ।

    गत सेप्टेम्बरसम्म ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । जग्गा प्राप्ति फाउन्डेसन, स्ट्रक्चर र बंकर निर्माणको काम सकिएको हस्पिटलले जानकारी दिएको छ ।

    हस्पिटलको इन्टेरियर र मेकानिकल, इलेक्ट्रिक र प्लम्बिङ, अस्पतालको उपकरण खरिदका लागि निर्माण व्यवसायीलाई जिम्मा दिइसकेको छ ।

    काठमाडौं इन्टरनेसनलमा चितवन मेडिकल कलेजको बहुमत सेयर लगानी रहेको छ । कलेजले चितवनमा सन् २००६ देखि ७ सय ५० बेडको मल्टिस्पेसियालिटी अस्पताल सञ्चालन गरिरहेको छ ।

    काठमाडौं इन्टरनेसनल हस्पिटलको अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपाने रहेका छन् । उनको निर्माणधीन अस्पतालमा बहुमत स्वामित्व रहेको छ । काठमाडौं इन्टरनेसनले सन् २०१८ मा स्थापना भएको हो । अस्पताल ६ हजार ५ सय वर्गमिटरमा फैलिने भएको छ ।

    हस्पिटलले ६ अर्ब ९ करोड रुपैयाँ रेटिङ गराएको छ । निजी क्षेत्रबाट नर्भिक, ग्रान्डी, स्टार, बयोधा र नेपाल मेडिसिटी जस्ता बहुविशेषता भएका अस्पतालहरू सञ्चालनमा आएका छन् । नयाँ अस्पतालले यी पुरानासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend