शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बिन्ध्यवासिनी म्युजिककी कार्यकारी  पक्राउ 

बिन्ध्यवासिनी म्युजिककी कार्यकारी  पक्राउ 

काठमाडौं । बिन्दवासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लिना शर्मा रेग्मी पक्राउ परेकी छन्  । गायक प्रमोद खरेलले तीन दिन अघि आफ्नो प्रतिलिपी अधिकार हनन् भएको, सञ्चालकले आफ्नो मानहानी गरेको र करार उल्लंघन गरेको आदि विषयमा प्रहरीमा उजुरी दिएका थिए । उनकै उजुरीको आधारमा प्रहरीले कार्यकारी प्रमुख रेग्मीलाई पक्राउ गरेको हो  । 

उनी बिन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन् । 

महानगरीय प्रहरी परिसर टेकुका अनुसार लिनालाई साँझ ६ बजे धुम्वाराही आसपासबाट प्रक्राउ गरिएको हो । उनले प्रतिलिपी अधिकार हननको विषयमा प्रहरीसँग आएको उजुरीमाथि अनुसन्धान गरी आवश्यक प्रमाण जुटाउनका लागी रेग्मीलाई नियन्त्रणमा लिएको जानकारी दिए । 

बिन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि ‘प्रणय’ एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेल बताउँछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend