२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

भारतले २ लाख टन गहुँ आयात गर्न दियो अनुमति

आइतवार , पौष २१, २०८१

काठमाडौं । भारतले नेपालमा २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको छ । सरकारले शनिबार एक सूचना जारी गर्दै नेपालतर्फ दुई लाख टन गहुँ निकासी गर्न अनुमति दिएको हो । नेसनल को–अपरेटिभ एक्सपोट्र्स लिमिटेडमार्फत निकासी गर्न अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ ।

आन्तरिक आपूर्ति कायम गर्न गहुँ निकासीमा प्रतिबन्ध लगाइए पनि खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशलाई दिएको अनुमति र अनुरोधका आधारमा बाहिरी ढुवानीलाई अनुमति दिइन्छ । पछिल्लो समय भारतले खाद्य सुरक्षाको कारण देखाइ गहुँलगायत खाद्यन्न निर्यातमा प्रतिवन्ध लगाउँदै आएको छ ।

यसअघि सरकारले गत कातिकमा भारतबाट दुई लाख टन गहुँ आयात गर्ने निर्णय गरेको थियो । बजारमा गहुँको अभाव हुँदा मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ आयातको प्रक्रिया थालेको थियो ।

मैदा, चाउचाउ र बिस्कुट उत्पादक सहितका व्यवसायीले गहुँ आयात गरी आपूर्ति बढाउन लबिइङ गरिरहेका छन् । गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालिएको मन्त्रालयले जनाएको छ ।

नेपाल मैदा उद्योग संघका अनुसार, नेपालका ३६ वटा मैदा उद्योगले वार्षिक ६ लाख ५० हजार टन गहुँ प्रयोग गर्दै आएका छन्। जसमध्ये ७० प्रतिशत आन्तरिक उत्पादन र बाँकी ३० प्रतिशत भारत लगायत अन्य देशबाट आयात हुन्छ। भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा मैदा, आँटा र सुजीको अभाव हुने गरेको व्यवसायीको भनाई छ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका अनुसार नेपालमा वार्षिक २१ लाख टन गहुँ उत्पादन हुन्छ। यसले आन्तरिक मागलाई धान्न सकेको छैन। नेपालमा वार्षिक २५ लाख मेट्रिक टन गहुँको माग छ।

आर्थिक वर्ष २०७४/७५ मा सात लाख ६ हजार ८४३ हेक्टरमा १९ लाख ४९ हजार एक मेट्रिक टन गहुँ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा सात लाख तीन हजार ९९२ हेक्टरमा २० लाख पाँच हजार ६६५ र आर्थिक वर्ष २०७६/७७ मा सात लाख सात हजार ५०५ हेक्टरमा २१ लाख ८५ हजार २८९ गहुँ उत्पादन भएको छ।

यस्तै, आव २०७७/७८ मा सात लाख ११ हजार ६७ हेक्टरमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको मन्त्रालयको तथ्याँक छ।

यो पनि : 

भारतले मार्च २०२५ सम्म गहुँमा स्टक सीमा तोक्यो

 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट