बलिउड नायिका प्रियंका चोपडा खुलेर कुरा गर्ने गरछिन्। हालै निक जोनस र उनीबीचको १० वर्षको फरक उमेर बारे खुलेर कुरा गरेकी छिन् । एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले उमेरको अन्तर र संस्कृति उनीहरुको प्रेमको बीचमा कहिल्यै नआएको बताएकी छिन् ।
प्रियंका चोपडा भन्छिन्, ‘मेरा लागि निकसँगको जीवन एक एड्भेन्चर जस्तै छ ।हाम्रा लागि उमेरको भिन्नताले कहिल्यै पनि महत्व राखेको छैन ‘।
यो जोडी सोस्ल मिडिया सक्रिय रहनुका साथै एक अर्काको फोटो सेयर गर्नेदेखि दुबैले आफ्ना नीजि पल पनि सेयर गर्ने गर्छन् । प्रियंकालाई अन्तिम पटक द स्काई इज पिंकमा देखिएको थियो ।