शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

टोक्यो ।  जापान सरकारले हालैका दिनमा राजधानी टोक्योमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको पनि  अधिकारीहरुले जानकारी गराएका छन् ।
 
हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोक्योमा लगाउँदै आएको छ । तर  प्रधानमन्त्री सुगा सो क्षेत्रलाई अझ विस्तार गरिने तयारीमा  रहेको बताईएको छ । 

टोकियोबाट प्राप्त भएको समाचारमा सो संकटकाल जापानको राजधानी टोकयो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो । जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोक्योमा यो संकटकाल लगाएको थियो । तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पु¥याइने भएको हो । 

ती क्षेत्रहरुमा आफूले संकटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराएको समाचारमा जनाइएको छ । 

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापान सरकारले अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो । 

खासगरी शुरु शुरुमा जापानको राजधानी टोक्योमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो । 

अहिले जापानका प्रायः पश्चिमी प्रिफेक्चरहरुमा यसको प्रकोप बढ्दै गएको छ । जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजहरुको समेत घोषणा गरी संकटकालको घोषणा गरेको हो ।  रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend