काठमाडाैं । भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ ।
ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेकोले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडियाे हटाएको र कम्तिमा सात दिन नयाँ भिडियाे पोष्ट गर्न नपाउने गरी प्रतिबन्ध लगाएको जनाएकाे छ।
1/ After review, and in light of concerns about the ongoing potential for violence, we removed new content uploaded to Donald J. Trump’s channel for violating our policies. It now has its 1st strike & is temporarily prevented from uploading new content for a *minimum* of 7 days.
— YouTubeInsider (@YouTubeInsider) January 13, 2021
युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन् ।
यसअघि चर्चित दुई सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले ट्रम्पका खाता निलम्बन गरेका थिए ।
गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन् ।