शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कोरोनाका बढ्दै गएपछि जापानमा आपतकाल घोषणा

कोरोनाका बढ्दै गएपछि जापानमा आपतकाल घोषणा

काठमाडौं। कोरोना महामारी बढ्दै गएपछि जापानका सहरहरुमा आपतकालीन अवस्थाको घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्ती योशिहिडे सुगाले राजधानी टोकियो क्षेत्रमा लगाइएको आपतकालीन अवस्थालाई अन्य सहरमा पनि विस्तार गर्ने तयारी भएको त्यहाँको सरकारले जनाएको छ ।

प्रधानमन्त्री सुगाले टोकियोलगायत आसपासका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आपतकालीन अवस्था लम्ब्याउन लागेको बताएका छन् । आपतकालीन अवस्थाको घोषणासँगै प्रभावित क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरिएको छ भने पसल तथा रेष्टुराँहरु खोल्नका लागि निश्चित समय तोकिएको छ ।

जनवरी सुरु भएपछि जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले विभिन्न सहरमा आपतकालीन अवस्थाको घोषणा गर्न थालेको हो । जापानमा यसअघि गत अप्रिलमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको थियो । एजेन्सी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend