२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सुनसरीको अम्बे बचत तथा ऋण सहकारी सस्था समस्याग्रस्त घोषणा

मंगलवार , पौष २३, २०८१

काठमाडौं । सुनसरीको इटहरीमा रहेको अम्बे बचत तथा ऋण सहकारी सस्था समस्याग्रस्त घोषणा भएको छ । मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

अम्बे कोशी सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारले गठन गरेको समितिले गर्ने मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले बताए । ‘सहकारीको सम्पूर्ण व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्छ, हामीले घोषणा मात्रै गर्ने हो,’ उनले भने,‘समितिले चाडै काम सुरु गर्छ ।’

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर ठगी आरोपमा एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । करिब १३ हजार सर्वसाधारणको ६१ करोड भन्दा बढी रकम ठगी आरोप उनीसहित सञ्चालकमाथि छ ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र खोलेको थियो ।

सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्नेछ । थापाको नेतृत्वमा बनेको समितिलाई सहकारीको लगानी उठाउने तथा ऋणीको धितो लिलाम गरी बचकर्ताको बचत फिर्ता गर्ने अधिकार छ ।

मन्त्रालयका सचिव पाण्डेका अनुसार अन्य समस्याग्रस्त सहकारीको पनि अध्ययन भइरहेको छ । अध्ययनपछि थप सहकारीलाई घोषणा गर्ने उनले जानकारी दिए ।

गत पुस १८ गते बरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट