logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ट्रम्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित

    ट्रम्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित

    2.3K
    Shares

    काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट दोस्रो पटक महाअभियोग पारित भएको छ ।

    उनीमाथि संसद भवनमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान जाने गरि भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा दर्ता भएको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।

    स्थानीय समय अनुसार बुधबार भएको मतदानमा महाअभियोग लगाउने पक्षमा ट्रम्पकाे पार्टी रिपब्लिकनका १० सांसदले पनि पक्षमा मतदान गरे । महाअभियोगका पक्षमा २३२ तथा विपक्षमा १९७ मत परेको थियो । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ । 

    गत जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जित औपचारिक प्रदान गर्नका लागि तल्लो र माथिल्लो सदनको संयुक्त सत्र जारी रहेका बेला हिंसात्मक आक्रमण भएको थियाे । नतिजा अस्वीकार गरेका ट्रम्पको उक्साहटमा उनका समर्थकले हिंसात्मक आक्रमण गरेकाे भन्ने ट्रम्पमाथि आरोप छ ।

    ट्रम्पमाथि यसअघि पनि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्ति आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटले नगरेकाले सत्ताच्यूत हुनबाट जोगिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend