शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

 अमिताभ भन्छन् , ‘म थाकिसकेको छु, अवकाश लिन्छु’

 अमिताभ भन्छन् , ‘म थाकिसकेको छु, अवकाश लिन्छु’

भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ शोबाट अमिताभले अवकाश लिने बताएका छन् । दर्शकहरुमाझ  निकै लोकप्रिय यस शोको १२ सिजन अमिताभ बच्चनले सञ्चालन गरेका थिए। 

अमिताभले भर्खरैमात्र केबिसी १२ को अन्तिम एपिसोडको सुटिङ समाप्त गरेका छन् । सुटिङ सकिएलगत्तै आफ्नो फ्यानहरुका लागि विशेष ब्लग मार्फत अवकाश लिने जनाएका हुन् ।उनले  लेखेका छन्, ‘म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छ्ु । म माफी चाहन्छु, तपाईहरु सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।’

आगामी संस्करणहरुमा पनि कुनै न कुनै रुपमा केबिसीको हिस्साका रुपमा रहने उनले बताएका  छन् । शोको अन्तिम एपिशोडमा आफुलाई भव्य बिदाई र प्रेम मिलेको समेत उनले जानकारी दिए  । गत वर्ष यस  शोको सुटिङ कोभिड  कारण रोकिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend