२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पर्यटन प्रवर्द्धनका लागि नबाझिने पर्यटनमैत्री नीति आवश्यक छ : पहाडी

शुक्रवार , पौष २६, २०८१

काठमाडौँ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारा नाथ पहाडीले पोखरामा सरकारले सोलो प्याराग्लाइडिङ बन्दा गर्दा पर्यटन आकर्षण घटेको बताएका छन् ।

सुनौलो नेपालले आज पोखरामा आयोजना गरेको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ कार्यक्रममा बौल्दै पहाडीले सरकारले   पर्यटक आकिर्षत गर्ने खेलहरुलाई नीति नियम बनाएर लैजानु पर्नेमा जोड  दिए ।

उनले भने 'सोलो प्याराग्लाइडिङ बन्द गर्दिनाले समस्या भएको छ । विश्वबाट हजारौ पर्यटकहरु आउथिए तर सरकारले त्यो बाटो बन्द गरिदियो ।'

केही दिन अघि पोखरामा आयोजना भएको बेलुन फेष्टिबलले पर्यटक आकर्षित गरेको स्मरण गर्दै उनले भने 'त्यस्तै काम सोलो प्याराग्लाइडिले गरेको थियो । यस्ता विषयमा केन्द्रित रहेर सरकारले निती नियम बनाउनुपर्छ, सोलो प्याराग्लाइडिङलाई प्रवर्द्धन गर्नुपर्छ ।'

उनले नबाझिने पर्यटनमैत्री नीति आवश्यक रहेको धारणा राखे । यसो भएमा मात्रै गण्डकीले पर्यटनमा फड्को मार्ने उनको भनाई थियो ।

आगामी दिनमा पनि पर्यटन लक्षित प्यानल डिस्कसन कार्यक्रम गर्नुपर्ने बताउँदै कार्यक्रममा मन्थन भएका विषय व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट