२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

गण्डकीको पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने छ : स्वास्थ्य मन्त्री पाठक

शुक्रवार , पौष २६, २०८१

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।

सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत 'गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना' शीर्षकमा बोल्दै उनले गण्डकी प्रदेशमा स्वास्थ्य पर्यटनको विकासले स्थानीय रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने दाबी समेत गरे । उनले भने, ‘यो क्षेत्रमा थप लगानी, पूर्वाधार विकास र सरकारी एवं निजी क्षेत्रको उपयुक्त प्रयासले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख गन्तब्यको रुपमा विकास गर्न सकिने छ ।’

नेपालमा आउने पर्यटक मध्ये ४५ प्रतिशत पर्यटकहरु गण्डकी प्रदेशमा आउने गरेको पछिल्लो तथ्यांकले देखाएको बताउँदै उनले पर्यटकीय क्षेत्रमा बढ्दो प्रदुषणले पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको औँल्याए ।

गण्डकीमा हेल्थ पर्यटनको सम्भावना

गण्डकी प्रदेशमा हेल्थ टुरिजमको विभिन्न माध्यमबाट सुरु भइसकेको बताउँदै मन्त्री पाठकले यसलाई अझै सुदृढ बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने जरुरी रहेको औँल्याए । उनले स्पा, रिट्रिट, योग, ध्यान र प्राकृतिक उपचार केन्द्रहरुको स्थापना गरी पर्यटकहरुलाई अभिमुखिकरण गर्नुका साथै तालिम सञ्चालन गर्न सकिने बताए ।

त्यस्तै गण्डकी प्रदेशको स्थानीय जडिबुटी र स्थानीय चिकित्सा सम्बन्धि ज्ञानलाई प्रबद्र्धन गर्दै विदेशी पर्यटकहरुलाई विशिष्टिकृत आयुर्वेद उपचारको अनुभव र तालिम दिन सकिने सम्भावना रहेको पनि उनले बताए ।

साथै, पोखरामा पदयात्रा, म्याराथन, पर्वत आरोहण गर्न पर्यटकहरुलाई चोट पटक लागेका उपचार र पुनस्थापना सेवा प्रदान गर्न सकिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट