शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ट्रम्प प्रशासनको इन्डोप्यासेफिक रणनीति सम्बन्धि गोप्य दस्तावेज बाहिरियो 

ट्रम्प प्रशासनको इन्डोप्यासेफिक रणनीति सम्बन्धि गोप्य दस्तावेज बाहिरियो 

ट्रम्प प्रशासनको इन्डोप्यासेफिक रणनीति सम्बन्धि गोप्य दस्तावेज बाहिरिएको छ । दस्तावेज बाहिरिएसँगै यसले चीन र भारतमा चर्चा पाएको छ । एक अमेरिकी वेवसाइट एक्सिओसले उक्त कागजातको कपि आफुले हेरेको पुष्टि गरेको छ । उक्त दस्तावेज अनुसार अमेरिकाले इन्डो प्यासेफिक क्षेत्रमा चीनसँग मुकाबिला गर्न भारतलाई अघि सारिरहेकोे उल्लेख गरिएको छ ।   

बाहिरिएको दस्तावेज ट्रम्प प्रशासनले सन् २०१८ मा १० पृष्ठमा जारी गरिएको थियो । जसमा चीन, भारत र उत्तर कोरियो पछि अन्य राष्ट्रलाई कसरि हेर्ने भनेर लेखिएको छ । रिपोर्ट अनुसार अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्न उदार अर्थतन्त्र भएका देशहरुसँग साझेदारी बढाउनु पर्नेमा जोड दिएको छ , जुन देश अमेरिकासँग नजिक छन् । इन्डोप्यासेफिक रणनीतीमा चीनसँग प्रतिस्पर्धा गर्न ताइवानको बचाव, भारतलाई अघि बढाउने र यस क्षेत्रमा अमेरिकी प्रभुत्वलाई जारी राख्ने उल्लेख गरिएको छ । 

यसको प्रतिक्रियामा चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाव लिजियाँनले यसै रिपोर्टलाई आधार मानेर सोधिएको प्रश्नमा भने, ‘इन्डो प्यासेफिक रणनीति चीनलाई रोक्न र कमजोर पार्नलाई ल्याइएको हो । अमेरिकाको कदमले इलाकामा रहि आएको शान्ति एवम् स्थीरतलाई भंग गर्छ ।’

उनका अनुसार अमेरीकि रणनीति शित युद्धको मानसिकतामा आधारित छ जसले सैनिक टकरावलाई बल पुर्‍याउँछ र क्षेत्रीय पारस्परिक सहयोगलाई नकरात्मक असर गर्छ । 

प्रवक्ता चावले नियमित हुने पत्रकार सम्मेलनमा बोल्दै ताइवानलाई चीनबाट अल्ग्याउने कुनै पनि रणनीति सफल नहुने बताए । 

बि.बि.सि बाट

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend