शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हामी हाम्री छोरीका निजी जीवनको रक्षा गर्न चाहन्छौं – कृपया  ‘छोरीको फोटो नखिचिदिनुहोला’ 

हामी हाम्री छोरीका निजी जीवनको रक्षा गर्न चाहन्छौं – कृपया  ‘छोरीको फोटो नखिचिदिनुहोला’ 

बलिउड नायिका अनुष्का शर्मा केही दिन अगाडि मात्र आमा बनेकी हुन्। क्रिकेटर विराट कोहली सँग बिबाह गरेकी उनले  छोरीलाई जन्म दिएकी छिन्  ।  

 

छोरीलाई जन्म दिएपछि विराट र अनुष्कालाई उनीहरुका साथीभाई र फ्यानको वधाइको ओइरो लागिरहेको छ । तर, उनीहरुले छोरीको तस्वीर भने सार्वजनिक नगर्ने बताएका  छन्  । उनीहरुले पापाराजीहरुलाई समेत छोरीको तस्वीर नखिचिदिन आग्रह गरेका छन् । 

 

उनीहरुले एक पत्र मार्फत  भनेका छन्–‘यति लामो समयदेखि तपाइहरुले हामीहरुलाई दिएको प्रेमका लागि धन्यवाद । हामी तपाइहरुलाई एक साधारण आग्रह के गर्न चाहन्छौ भने, हामी हाम्री छोरीका निजी जीवनको रक्षा गर्न चाहन्छौं । यसैले, यसका लागि हामीलाई तपाइहरुको मद्दत चाहिएको छ ।’ 

 

हाम्री छोरीको तस्वीर नलिइदिनुहोला र त्यसलाई प्रकाशन पनि नगरिदिनुहोला । यसका लागि धन्यवाद ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend