सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

संघीय संसद भवन निर्माण ८४ प्रतिशत मात्र, नयाँ भवनमा होला वर्षे अधिवेशन ?

संघीय संसद भवन निर्माण ८४ प्रतिशत मात्र, नयाँ भवनमा होला वर्षे अधिवेशन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको निरीक्षण गरेका छन् । उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे।

त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत रहेको जानकारी गराए ।

उनले वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको बताए । संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको सुनाए ।

भवनको आन्तरिक साजसज्जाका लागि २ अर्ब ३४ करोड ५४ लाख रुपैइाँमा सम्झौता भएको छ । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ संघीय संसद्का दुवै सदनका बैठक हुनेछन् ।

२०७६ असोज १६ गते संसद भवन बनाउन सम्झौता भएको थियो । सम्झौताअनुसार भवन निर्मााणका लागि तीन वर्षको अवधि दिइएको थियो ।

२०७६ असोज १६ मा भएको सम्झौताअनुसार संघीय संसद भवन ती वर्षभित्र अर्थात २०७९ असोज १५ सम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोनाको कारण देखाउँदै निर्माण व्यवसायीले काम सकेनन् ।

पछि लगातार म्याद थपिन्दै आएको छ । आउँदो असारसम्म पनि संसद भवन सम्पन्न हुने संभावना कम छ । टुँडीशेक जेभीले ५ अर्ब ६८ करोड रुपैयाँमा भवन निर्माणको ठेक्का पाएको हो । संसद् भवनका लागि ११ वटा छुट्टाछुट्टै संरचना निर्माण भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend