बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

‘बैगुनी केटाे’ भनेपछि योगेश भट्टराईले फर्काए प्रधानमन्त्रीलाई यस्तो जवाफ 

‘बैगुनी केटाे’ भनेपछि योगेश भट्टराईले फर्काए प्रधानमन्त्रीलाई यस्तो जवाफ 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बैगुनी केटो’ भनेर व्यङ्ग्य गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिक्रिया दिएका छन् । उनले आफूलाई केटो भनिँदा दुःख नलागेको बरु प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा खुशी लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जवाफ फर्काएका हुन् । 

शनिबार नेकपा ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधनका क्रममा ओलीले भट्टराईकाे नाम नलिएर ‘बैगुनी केटोले पुक्क लात्ताले हानेर भाग्यो’ भनी व्यङ्ग्य गरेका थिए ।

शनिबारको कार्यकर्ता भेलामा उनले भने, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्ताे देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

ओलीले २०७४ सालको निर्वाचनमा  ताप्लेजुङमा आयाेजित योगेश भट्टराईको चुनावी सभामा सम्बोधन गर्नै उनलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए ।

याे पनि : ‘बैगुनी केटालाई मन्त्री बनाइयाे, पुक्क लात्ताले हानेर भाग्याे’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend