logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • ‘नेपालमै पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सकिन्छ’ 

    ‘नेपालमै पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सकिन्छ’ 

    3K
    Shares

    काठमाडौं । नेपालबाट बर्सेनि हजारौँको संख्यामा नेपाली विद्यार्थीहरु पढ्नका लागि भनेर विदेशिने गरेका छन् । नेपालमा राम्रो शिक्षा आर्जन गर्न नसकेर विद्यार्थीहरु बाहिर पढ्न गइरहेको पनि भन्ने गरिन्छ तर वास्तवमा त्यस्तो नभएको बताउँछन् अक्सफोर्ड इञ्जिनियरिङ कलेज अफ म्यानेजमेन्ट संस्थापक हरिप्रसाद भण्डारी । भण्डारी भन्छन्, हामीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने होइन, हामीले अहिले जसरी नेपाली विद्यार्थीहरु विदेशमा पढ्न जान्छन् त्यसरी विदेशी विद्यार्थी पनि ल्याएर नेपालमा पढाउन र आर्थिक स्थिति मजबुत बनाउन सक्छौँ । हामीले जनशक्ति उत्पादन गरेर काम दिन सकेका छैनौँ जसले गर्दा विदेशमा युवा जनशक्ति पलायन भइरहेको छ, जुन राज्यको कमजोरी हो ।’ 

    अहिले विदेशमा पढ्न भनेर जाने अधिकांश विद्यार्थीहरु पढ्नका लागि नभएर रोजगारका लागि जानुपर्ने बाध्यता भएको पनि उनको तर्क छ । वास्तवमा विद्यार्थीहरु पढाइ गर्न विदेश गइरहेका छैनन् । जापान, अमेरिका, अस्ट्रेलिया गएका धेरै विद्यार्थीहरु काम गरिरहेका छन् ।

    नेपालमा नेपाली विद्यार्थीहरुले नेपालको हावा पानी र माटो सुहाँउदो शिक्षा नपाएको उनको तर्क छ । भण्डारी भन्छन् ‘त्रिभुवन विश्वविद्यालय आजभन्दा २० वर्ष अगाडि एसियाको राम्रो विद्यालय थियो आज कस्तो अवस्थामा छौँ ।’

    नेपालको भौगोलिक विविधता र वातावरणका कारण बर्सेनि कति मानिसहरु नयाँ खोज तथा अनुसन्धानका लागि नेपालीहरु आउने गरेको छन् । नेपालको कुनै पहाडको टाकुरामा नमूना विश्वविद्यालय बनाउन सकेमा मात्र पनि नेपालले ठूलो आर्थिक आम्दानी गर्न सक्छ ।

    हामीले हाम्रो शिक्षा अन्तर्राष्ट्रिय रुपमा लैजानका लागि हाम्रो पाठ्यक्रम कस्तो हुनुपर्ने भन्ने कुरामा जोड दिन जरुरी छ । भण्डारी भन्छन्, ‘हामीले हाम्रोमा विद्यार्थी ल्याउनका लागि अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम बनाउन पर्‍यो, त्यसका लागि त्यही किसिकको प्राज्ञिक मान्छेहरुको थलो बनाउनुपर्‍यो र त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’
    हाम्रो शिक्षामा राजनीति घुसेकोमा भण्डारीको चिन्ता पनि छ । उनी भन्छन् ‘हाम्रोमा साना बालबालिकाले पनि जिन्दावाद र मूर्दावादको नारा सिकेका छन् । राष्ट्रको लागि मेरो भूमिका के हो ? भन्ने बालबालिकाले सिक्न पाएका छैनन् तर नारा लगाउन सिकेका छन् ।’

    हामीले बालबालिकालाई कस्तो शिक्षा दिने ?

    १. नैतिक शिक्षा

    नेपालमा विभिन्न समयमा शिक्षाको प्रणाली र पाठ्यक्रमहरु परिवर्तन पनि भइरहेका छन् । अहिले जति पनि थपिएर आएका छन् त्यसमा अधिकांश पुरानामा अलि–अलि परिमार्जित भएर आएका छन्, जुन पर्याप्त छैन । 

    हामीले बालबालिकाका लागि दिने शिक्षामा समाज, संस्कृति, जीवन कसरी बाँच्ने ? हाम्रो राष्ट्र के हो ? हामी कसरी जीवन उपयोग गर्ने ? हामीले कसरी मानव सभ्यता अगाडी बढाउनुपर्छ ? भन्ने कुरा जोड्न जरुरी छ । हाम्रो विविधता, धर्म, संस्कृतिलगायतका अन्य पाटाहरुका बारेमा हामीले नै उनीहरुलाई जानकारी दिनुपर्छ ।

    अहिले अवस्था कस्तो छ भने, किताबमा पढेका ज्ञान व्यवहारमा देखिँदैन । नैतिक शिक्षाको कमी छ । उदाहरणका लागि, हामीले साना बालबालिकालाई ठूलालाई आदर गर्नुपर्छ भनेर पढाउँछौँ तर घरमा एक जना ठूलो मान्छे आउनुभयो भने बाबू/नानी नमस्कार गर भनेर सिकाउनु पर्छ । यो भावना बालबालिकामा आफैँ आउने किसिमको शिक्षा आजसम्म हामीले दिन सकेका छैनौँ ।
     
    २. देशभक्ति शिक्षा

    देशलाई माया गर्ने शैक्षिक प्रणाली हाम्रोमा छैन । वास्तवमा के राम्रो ? के नराम्रो ? बाट बालबालिकाको शिक्षाको सुरुवात गर्नुपर्छ । हाम्रो पाठ्यक्रमले नैतिक शिक्षा र राष्ट्रप्रतिको माया अहिलेसम्म पनि सिकाउन सकेको छैन ।

    देशका प्रत्येक नागरिकहरूमा आत्मसम्मान र देशभक्तिको भावना पैदा गर्न देशभक्तिको शिक्षाको आवश्यकता हुन्छ तर अहिले हाम्रोमा बालबालिकाहरु हुर्किसकेपछि विदेश जाने सोचमा पुग्छन् । यो किन भइरहेको छ, हाम्रा बालबालिकाले राष्ट्र प्रतिको माया नै बुझ्न पाएका छैनन् । उनीहरुले यो शिक्षा नै पाएनन् ।

    ३. जीवन उपयोगी शिक्षा

    प्रत्येक मानिसमा एक न एक किसिमको क्षमता हुन्छ । त्यसैमा निरन्तरता दिने किसिमको शिक्षा पनि हामीले दिन सकिरहेका छैनौँ । त्यही कुरा हामीले बुझ्न जरुरी छ ।

    यदि राम्रो गीत गाउने बालबालिका छन् भने उसलाई गीत संगीत नै पढाउने भए कति राम्रो हुन्छ । यदि कुनै बच्चाले चित्रकला मन पराउँछ भने, तिमीलाई जे मन पर्छ बनाउ भन्ने र त्यसमा आफूले पनि रंग थप्ने काम गर्‍यो भने कति राम्रो होला । यस्तै, सेवा गर्नेलाई सेवक, तर्क गर्न सक्नेलाई वकिल, राम्रो व्यवस्थापनको ज्ञान भएकालाई मेनेजर, नयाँ खोज अनुसन्धानमा ध्यान दिनेलाई इन्जिनियर बनायो भने कति राम्रो हुन्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend