logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएको अध्यादेशले निजी क्षेत्र उत्साहित

    आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएको अध्यादेशले निजी क्षेत्र उत्साहित

    203
    Shares
    आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएको अध्यादेशले निजी क्षेत्र उत्साहित

    काठमाडौं । निजी क्षेत्रका संघ–संस्थाहरुले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य भएको बताउँदै सरकारलाई धन्यवाद दिएका हुन् ।

    हाल बजारमा आएको संकुचन हटाई अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने उनीहरुको विश्वास छ ।

    कार्यक्रममा बोल्दै नेपाल उदोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिर्वतन गरेकोमा सरकारलाई धन्यावद दिए । उनले अब नेपालबाहिर समेत व्यवसायिक क्रियाकलाप गरेर विदशबाट लगानी भित्र्याउने बाटो खुलेको बताए ।

    उनले कालोबजारी ऐनमा भएको परिवर्तनले समेत उद्योगी व्यवसायीहरु खुशी भएको बताए । उनले राजश्व चुहावट र राजश्व न्यायधीकरणसम्बन्धी ऐनमा धरौटीको व्यवस्था राखि मिलापत्र लगायतका विषयहरु समेटिएकोमा नीजि क्षेत्र उत्साहित भएको बताए ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको बताए । उनले उक्त अध्यादेशले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएको बताए ।

    उनले लामो समयदेखि बजारमा संकुचलन र आर्थिक गतिविधि शिथिल हुँदा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसकेको बताए । उनले सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि प्रथम त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गरे ।

    उनले आर्थिक वृद्धिदरमा सुधार नहुनुमा नीतिगत समस्या रहेकोमा अब सुधारको प्रयास अगाडि बढ्ने विश्वस व्यक्त गरे ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरुको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरुमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश बताए ।

    उनले कानूनहरमा भएको परिवर्तनले उद्योगी व्यवसायीहरुमा नयाँ रक्त सञ्चार हुने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको दृढ इच्छाशक्तिको स्वागत गरे । उनले ध्यादेशका व्यवस्थाका कारण लगानीमैत्री वातावरण सृजना हुँदा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताए ।

    निजी क्षेत्रका प्रतिनिधिहरुले कानूनहरुको कार्यान्वयनका लागि छिट्टै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend