२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

विपद्को जोखिम न्यूनीकरणका लागि योजनावद्ध काम गछौँ : मुख्यमन्त्री कार्की

बुधवार , माघ २, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् ।

बुधबार २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अघि बढ्ने बताए ।

भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतको जस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर्नुपर्ने जरुरी रहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘आजको दिन भविष्यमा आउन सक्ने भूकम्प लगायतका सबै प्रकारका विपद्का कारणले हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई एकढिक्का भएर लागि पर्न आह्वान गर्दछु ।’

भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै व्यक्ति, संघसंस्था, निकाय, समुदायलगायत सबैमा आपसी सहयोग, भाइचारा र सहकार्यका साथ विपद्को सामना र क्षति न्यूनिकरणका लागि जनचेतना जगाउन प्रभावकारी रुपमा काम गर्न समेत उनले आग्रह गरे । बुधबार २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ