logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिवद्धता

    जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिवद्धता

    133
    Shares
    जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिवद्धता

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्शानीको विस्तृत विवरण आँकलन (डिडिए) माघ महिनाभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले २०७९ सालको डोटी भूकम्पका साथै जाजरकोट र बझाङ भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माणको लागि सरकार योजनावद्ध तयारीमा जुटेको बताए ।

    उनले भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने निर्णय भइसकेको बताए । उनले भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा गइसकेको उल्लेख गरे ।

    उनले भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी निवासहरुको पुनःनिर्माण, बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    गृहमन्त्री लेखकले भने, ‘यस वर्षको मनसुनबाट क्षति भएका निजी निवासहरुको पुनर्निर्माण गर्नेक्रममा हामीले बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपरेको छ । २०७२ सालको भूकम्पमा देशले व्यापक मात्रामा क्षति भोग्नुपर्यो । उक्त भूकम्पबाट देशले व्योहर्नुपरेको अधिकांश क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

    त्यसपछि २०७९ सालको डोटी भूकम्पका साथै गत वर्षमा जाजरकोट र बझाङ भूकम्पबाट हामीले थप धनजनको क्षति व्यहोर्नुपर्यो । अहिले हामी क्षतिको पुनःनर्माणको योजनावद्ध तयारीमा जुटेका छौं । जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि हामीले अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड नेपाल सरकारबाट पारित भई लागू भइसकेको छ ।

    त्यसगरी, पाँच लाख रुपैयाँसम्म अनुदान सहयोग र प्राविधिक सहायोगका प्राबधान समेटिएको स्थायी आवास पुनःर्निमाण सम्बन्धी कार्यविधि कार्यकारी समितिको बैठकबाट निर्णग गरी पारित भइसकेको छ । जाजरकोटको भूकम्पबाट भएको क्षतिको विस्तृत आँकलन (डिडिए) हामी यसै महिनाभित्र प्रारम्भ गर्नेछौँ । म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

    उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न भइसकेको दाबी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend