शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारतमा काेराेनाविरुद्धकाे भ्याक्सिन लगाएका सयाैँ मानिसमा ‘साइड इफेक्ट’

भारतमा काेराेनाविरुद्धकाे भ्याक्सिन लगाएका सयाैँ मानिसमा ‘साइड इफेक्ट’

काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ । गएकाे शनिबारदेखि भारतमा भ्याक्सिन लगाउन सुरु गरिएको छ । 

भ्याक्सिन लगाइएका केही ठाउँबाट साइड इफेक्टका खबरहरु आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार र आइतबार गरी भारतका विभिन्न स्थानबाट ४ सय ४७ जनामा साइड इफेक्ट देखिएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । 

अधिकांशले सामान्य साइड इफेक्ट भएको बताएको अधिकारीहरुले जनाएकाे समाचारमा उल्लेख छ तर तीन जनालाई अस्पताल भर्ना गर्नुपरेको छ । अधिकांशमा ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिएकाे छ । 

भारतले प्रयोगमा ल्याएका भ्याक्सिन एस्ट्राजेनिकाले स्थानीय साझेदारी सिरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend