मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

चितवन । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् ।

आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गरे ।

उनले भने, “अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।” ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताए । उनले भने “कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend