२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

‘सार्वजनिक क्षेत्रमा निरन्तर खबरदारी आवश्यक’

बिहिवार , माघ ३, २०८१

विराटनगर । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले पत्रकारिता क्षेत्रले सार्वजनिक जिम्मेवारीमा रहेकाहरुको निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताएका छन् ।

संसदीय पत्रकार मंच कोशी प्रदेशले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता हाते किताबको बिहीबार विमोचन गर्दै सभामुख विष्टले सार्वजनिक जिम्मेवारीमा बसेकाहरुलाई ठिक ढंगबाट काम गर्न पत्रकारिता क्षेत्रले अभिप्रेरित गरिरहनुपर्ने बताएका हुन् ।

सभामुख विष्टले भने, ‘पत्रकारिता क्षेत्रले गहन जिम्मेवारी वहन गरिरहेको छ, त्यसैले पत्रकारले समाचार सम्प्रेषण गर्दा आफू नजिकका वा आफूसँग राम्रो सम्बन्ध भएकाहरुलाई प्राथमिकता दिने तर राम्रो मुद्दा उठान गर्नेहरुलाई ठाउँ नदिनेजस्तो अवस्था बनाउनु हुँदैन, कसैलाई काखापाखा नगरी सार्वजनिक जिम्मेवारी लिएकाहरुलाई निरन्तर खबरदारी गर्दै पत्रकारिता अगाडि बढ्नुपर्छ ।’

सभामुख विष्टले माननीय र पत्रकारहरुबीच विभिन्न मुद्दाहरुमा निरन्तर अन्तरक्रिया हुन आवश्यक रहेको भन्दै त्यस्तो वातावरण बनाउन आग्रह गरे ।

No description available.

साथसाथै जिल्ला तहमा पनि संसदीय पत्रकारिताको अभ्यास गराउन जरुरी रहेको भन्दै पत्रकारहरुलाई आवश्यक तालिम दिने आदि काममा प्रदेशसभाबाट सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे ।

संसदीय पत्रकार मंचले प्रकाशन गरेको हातेपुस्तक उपयोगी रहेको भन्दै उनले थप अध्ययनपछि प्रतिक्रिया दिने बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले हाते किताब पत्रकारका लागि मात्र नभएर प्रदेशसभाका सांसदहरुका लागि समेत उपयोगी रहेको बताए ।

संसदीय पत्रकार मंचले राम्रो सुरुवात गरेको तर पुस्तकमा केही विषय अपुग रहेको भन्दै आगामी संस्करणमा थप समृद्ध बनाउँदै लैजान सकिने उनले बताए । उनले पत्रकारहरुले संसदलाई समाचारको प्रमुख स्रोतको रुपमा लिनुपर्ने भन्दै कार्यव्यवस्था समिति, संसदीय समिति, विधेयक आदि धेरै क्षेत्रबाट पत्रकारले आवश्यक समाचार तयार पार्न सक्ने भएकोले त्यसतर्फ विशेष निगरानी गर्न पनि सुझाव दिए ।

उपभामुख सिर्जना दनुवारले कोशी प्रदेशको संसदीय पत्रकार मंच अन्य प्रदेशको तुलनामा सक्रिय र प्रभावकारी रहेको बताइन् । उनले हाते किताबमा भएका विषयमा पत्रकारहरु अभ्यस्त भए पनि पुस्तिका सांसदहरुका लागि समेत उत्तिकै सान्दर्भिक रहेको बताइन् ।

No description available.

कार्यक्रममा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले संसदीय पत्रकारले संघीय प्रणालीलाई अझ बलियो र अधिकार सम्पन्न गराउने तर्फ ध्यान दिएर समाचार लेख्न आवश्यक भइसकेको बताए ।

कार्यक्रममा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुर लिंथेप, प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली लगायतले शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ