
काठमाडौं। भारतमा कोरोना खोप लगाएका दुईजनाको मृत्यु भएको छ। खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
मृत्यु हुने एकजना ४३ बर्ष उमेरका रहेका छन् भने अर्को जना ५२ बर्षका रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा कोरोनाविरुद्धको खोप लगाएका सयौँमा नकारात्मक असर देखिएको छ।
भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ। भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend