शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

कुवेत सिटि । कुवेतको  सरकार सोमबार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । 

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा पेश गरेका थिए । 
तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिन लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा बताएका थिए । 

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।  

उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए । रासस  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend